हरेक शनिवार वीरगञ्जमा निःशुल्क खाना | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

हरेक शनिवार वीरगञ्जमा निःशुल्क खाना

काठमाडौं, १० फागुन । विराटनगरबाट सुरु भएको न्युन नि:शुल्क खाना खुवाउने अभियान अहिले देशको प्राय सबै स्थानमा पुगि सकेको छ । वीरगञ्ज सद्भाव समितिले पनि हरेक साताको शनिवार वीरगञ्जमा निःशुल्क खाना खुवाउने गरेको छ। समितिका स्वयंमसेवीले सञ्चालन गरेको यो अभियानले अहिले त्यहाँका गरीव स्थानीयलाई सहज भएको छ ।

वीरगञ्ज सद्भाव समितिले खुवाउने निःशुल्क भोजन सेवाबाट वीरगञ्जका गरीव स्थानीय लाभान्वीत भएका छन् । दैनिक मजदुरी गर्ने तथा महंगीको मारमा परेकाहरु साताको एक दिन भएपनी निशुल्क भोजन पाएकोमा खुशि छन् । निशुल्क वितरण हुने खाना मिठो र शुद्ध भएको स्थानीयको भनाई छ ।

अभियानमा गृहिणीहरुले पनि सहयोग गर्ने गरेका छन् । शनिवार स्थानिय महिलाहरु घरको काम चाडै सक्छन्, अनि सद्भाव समितिले प्रदान गर्ने सेवामा स्वयम् सेवकको रुपमा खट्न आउँछन् ।

दिन भरी काम गर्ने तर हातमुख जोड्न समस्या हुनेहरुका लागि राहत स्वरुप वीरगञ्जकै ५÷६ जना समाज सेवीको सक्रियतामा तीन वर्षदेखि निरन्तर निःशुल्क भोजनको व्यवस्था गरिहेको छ ।

यसरी देशका बिभिन्न स्थानमा चलेका न्युन शुल्कमा पाइने भोजन र निःशुल्क भोजनका बिषयमा सामाजिक सञ्जालमा पक्ष र बिपक्षमा तर्क भईरहन्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);