टी–२० महिला विश्वकपमा भारतसँग अष्ट्रेलिया पराजित | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

टी–२० महिला विश्वकपमा भारतसँग अष्ट्रेलिया पराजित

womens cricektindia vs aus

एजेन्सी, १० फागुन । आइसीसी महिला टी २० विश्वकपमा भारतले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा भारतले घरेलु टिम अष्ट्रेलियालाई १७ रनले पराजित गरेको हो ।

सिड्नीमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३२ रन बनायो । राम्रो सुरुवात गरेको भारतले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेको थियो ।

ओपनर स्मृती मन्धाना १० र सफाली बर्मापनि २९ रनमा पेभेलियन फर्किदा भारतले ४३ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि क्रिजमा आएकी कप्तान हरमनप्रित कौर मात्र दुई रन आउट हुँदा भारतले ४७ रनमा तेस्रो विकेट खेर फाल्यो । तर चौथो विकेटका लागि दिप्ती शर्मा र जेमीमा रोद्रिगुइजले अर्धशतकीय साझेदारी गरे । जसमा जेमीमाले २६ रन बनाए । अन्तिममा भारतका लागि दिप्ती शर्माले ४९ रनको पारी खेलिन ।

जवाफमा अष्ट्रेलिया १९ ओभर ५ बलमा एक सय १५ रनमा रोकियो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सकेन । मध्यम सुरुवात गरेको अष्ट्रेलियाको मध्यक्रमका खेलाडीले ध्वस्त प्रदर्शन गरे । उसका लागि एलिशा हिलेले सर्वा्धिक ५१ रन बनाइन । उनले ३५ बलमा छ चौका र एक छक्का प्रहार गरीन ।

३२ रनमा पहिला विकेट गुमाएको अष्ट्रेलियाले ५५ रनमा दोस्रो तथा ६७ रनमा तेस्रो विकेट खेर फालेको थियो । त्यसपछि पनि उसको विकेट झर्ने क्रम यतिमा रोकिए । उनले ८२ रन बनाउँदा ६ विकेट गुमाउन पुग्यो ।

अष्ट्रेलियाको लागि एस्लेइघ गार्डनेरले ३४ रन बनाइन । अष्ट्रेलियालाई कम स्कोरमा रोक्न पुनम पाण्डेले चार तथा शिखा पाण्डेले ३ विकेट लिइन ।
०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);