जर्मनीमा अन्धाधुन्ध गोली चल्दा ८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८१, शुक्रबार

जर्मनीमा अन्धाधुन्ध गोली चल्दा ८ जनाको मृत्यु

germany-shooting

एजेन्सी, ८ फागुन । जर्मनीको एक बारमा भएको अन्धाधुन्ध गोलीकाण्डमा ८ जनाको मृत्यु भएको छ । जर्मनीको पश्चिमी क्षेत्रमा रहेको हानाउ शहरको शिशा बारमा अन्धाधुन्ध गोलीकाण्डका दुई घटना भएका हुन् ।

नेपाली समय अनुसार बिहीबार बिहान पौने तीनबजे तिर बन्दुकधारीले आन्धाधुन्ध गोली चलाएको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । त्यसमा कम्तिमा पाँचजना मानिस घाइते भएका थिए । त्यहाँबाट भागेका आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पहिलो गोलीकाण्ड सिटी सेन्टरको बारमा भएको हो । त्यसपछि हानाउको केसेल्स्टाड्ट नजिकै अर्को गोलीकाण्ड भएको हो । दुवै क्षेत्रमा प्रहरीले हेलिकप्टरसहितबाट गस्ती गरिरहेको छ ।

शिशा बारमा आक्रमणकारीले तीन जनाको हत्या गरेका हुन् । त्यसपछि बन्दुकधारी अर्को ठाउँमा गएर अरु पाँचजनाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमण किन भएको हो भन्ने खुलेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);