नेपालमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा वृद्धि : इन्सेक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नेपालमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा वृद्धि : इन्सेक

काठमाडौं, ७ फागुन । नेपालमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा वृद्धि भइरहेको एक तथ्याङ्कले देखाएको छ । बुधबार अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको प्रतिवेदनले सन् २०१८ भन्दा सन् २०१९ मा मानवअधिकार उलङ्घन र ज्याजतीका घटनाहरु बढेको देखिएको हो ।

सन् २०१८ मा ५ हजार १ सय १० जना पीडित भएकोमा सन् २०१९ मा यो संख्या १ हजार ५ सय ३२ ले बढेर ६ हजार ६ सय ४२ पुगेको छ । मानव अधिकार अल्लङ्घनका घटनामा ६८ महिला र ८ सय ६२ पुरुष गरी ९ सय ३० जना पीडित रहेका छन् भने ५ हजार ५८ महिला र ६ सय ५४ पुरुष गरी ५ हजार ७ सय १२ ज्यादतीका घटनाबाट पीडित भएको इन्सेकले जनाएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तकको विमोचन कार्यक्रममा बोल्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले यो वर्ष गोली लागेर भोजपुरमा २, सप्तरीमा १, सर्लाहीमा २, रुपन्देहीमा १ र कपिलवस्तुमा १ गरी सात जनाको मृत्यु भएको बताउनुभयो ।

यातनाका घटनाबाट १३ जना पीडित भएका छन् । गिरफ्तारीका घटनामा ७ सय २, जातीय विभेदका घटनामा ६२, अमानवीय व्यवहारका घटनामा ४०, भेला तथा संगठित हुने अधिकारमा ९८ र धम्कीका घटनामा ३५ जना पीडित भएका छैन ।

त्यस्तै कुटपिटका घटनामा २ सय ७९ जना पीडित भएको इन्सेकले जनाएको छ । यसैगरी ८ जना विस्थापनका घटना र २ जना बेपत्ता पारिएको घटनामा पीडित भएका छन् ।

सन् २०१९ मा महिलामाथि हुने हिंसाका घटनामा ३ हजार ३ सय ६३ जना पीडित भएका छन् । घरेलु हिंसामा २ हजार ७९ र बलात्कार घटनाबाट ५ सय ३० जना पीडित भएको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);