एजेन्सी, ७ फागुन । बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई पराजित गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगको खेलमा डर्टमण्डले पीएसजीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बनेको खेलको ६९औं मिनेटमा हाल्याण्डले रिबाउण्डमा आएको बललाई गोल गरेका थिए । ७५औं मिनेटमा पीएसजी खेलमा फर्कियो । नेयरमारले एमबाप्पेको क्रसलाई गोलमा परिणत गरे ।
त्यसको लगत्तै दुई मिनेटपछि ब्यक्तिगत दोस्रो गोल गर्दै हालाण्डले डर्टमण्डकालागि विजयी गोल गरे । दोस्रो लेगको खेल पीएसजीको घरेलु मैदानमा मार्च ११ मा हुनेछ ।