एजेन्सी, ६ फागुन । लियोनल मेसी र लुइस हैमिल्टन लाउरेस स्पोर्ट्सम्यान अफ द इयरबाट सम्मानित ,लाउरेस स्पोर्टिङ मोमेन्ट अफ डेकेड’सम्मान भारतका सचिन तेन्दुलकरलाई ।
अर्जेन्टीनाका फुटबल खेलाडी लियोनल मेसी र बेलायतका फार्मूला वनका लुइस हैमिल्टन लाउरेस स्पोर्ट्सम्यान अफ द इयरबाट सम्मानित भएका छन् । जर्मनीको बर्लिनमा मंगलबार मेसि र ह्यामिल्टनलाई लाउरेस स्पोर्ट्सम्यान आफ द इयरबाट सम्मानित गरिएको हो ।
अमेरिकी जिम्न्यास्ट सिमन बिल्स तेस्रो पटक लाउरेस स्पोर्ट्सओमेन अफ द इयरबाट सम्मानित भएकी छन् । लाउरेस स्पोर्टिङ मोमेन्ट अफ डेकेड’भने भारतका पूर्व क्रिकेट खेलाडी सचिन तेन्दुलकरले जितेका छन् ।
२ हजाार ११ मा विश्वकप जीतेपछि सचिन तेन्दुल्करलाई टीमका साथीहरुले आफ्ना काँधमा उठाएको क्षणले ‘लाउरेस स्पोर्टिङ मोमेन्ट अफ डेकेड’ पुरस्कार पाएको हो । यो क्षणलाई ‘क्यारीड अफ द शोल्डर अफ ए नेशन’को नाम दिइएको छ ।