एजेन्सी, ५ फागुन । क्यामरुनको एउटा गाउँमा भएको आक्रमणमा २२ जनाको ज्यान गएको छ । क्यामरुनको उत्तर पश्चिम स्थित एनटुम्बो गाउँमा आक्रमणकारीको आक्रमणबाट २२ जनाको ज्यान गएको संयुक्त राष्ट्र संघले जनाएको छ ।
आक्रमणमा मृत्युहुने मध्ये १४ जना बालबालिका रहेको क्यामरुनका स्थानीय संचार माध्यमहरुले जनाएका छन् । आक्रमणकारीले धेरैजसोलाई जिउदै जलाएको जनाइएको छ ।
यो आक्रमणको जिम्मेवारी कसैले लिएका छैनन् । तर विपक्षी राजनितिक दलले यो आक्रमण क्यामरुन सेनाले गरेको आरोप लगाएको छ । यस क्षेत्रमा ३ बर्षदेखि पृथकतावादी आन्दोलन गरिरहेको समूहले भने यो आक्रमणमा आफ्नो संलग्नता नरहेको प्रष्ट पारेको छ ।