केही सञ्‍चारमाध्यमले मैले बाँसुरी बजाएको समाचार मात्र दिन्छन् : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

केही सञ्‍चारमाध्यमले मैले बाँसुरी बजाएको समाचार मात्र दिन्छन् : प्रधानमन्त्री ओली

pm oli-basuri

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गर्नुभएको छ ।

सोमबार काठमाडौं उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही संचार माध्यमले फेरी पनि आफुले बासुरी नै बजाएको समाचार दिने गरेका बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफुले तुईन विस्तापित गर्छु भन्दै प्रगती पेस गर्दै गर्दा संचारमाध्यमले दार्चुला पुगेर भएपनि तुईनको फोटो खिचेर छाप्ने गरेको गुनासो गर्नुभयो ।

प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत सुदृढीकरण र स्वचालित गर्ने काम रातको समयमा गरिने भएकाले त्यसले कसैलाई असर नगर्ने उल्लेख गर्नुभयो ।

pm oli-bhumigat bidhyut