‘ए’ डिभिजन लिग : जाउलाखेलद्वारा फ्रेण्ड्स क्लब पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

‘ए’ डिभिजन लिग : जाउलाखेलद्वारा फ्रेण्ड्स क्लब पराजित

काठमाडौं, २५ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको दोस्रो खेलमा जाउलाखेल युथ क्लबले फ्रेण्ड्स क्लबमाथि जित निकालेको छ ।

शनिबार एन्फा मैदान सातदोबाटोमा भएको दोस्रो खेलमा जाउलाखेलले फ्रेण्ड्स क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो । जाउलाखेलको जितमा फोडे फोफानाले खेलको ५८ औं मिनेटमा गोल गरेका थिए ।

आजको जितसँगै जाउलाखेलले लिग तालिकामा थप तीन अंक जोड्दै पाँचौ स्थान कायम गरेको छ । आजको हारपछि फ्रेन्ड्स क्बल १४ अंकमा सिमित रहँदै नवौं स्थानमा छ ।

शनिबार नै हुने भनिएको मनाङ मर्स्याङ्दी क्लब र न्यूरोड टिम (एनआरटी) बीचको खेल भने स्थगित भएको छ ।

शनिबार ३ बजे सशस्त्र प्रहरीको मैदान हल्चोकमा हुने भनिएको खेल प्राविधिक कारण स्थागित गर्नुपरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उक्त खेल आइतबार १ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);