सरकारले ललिता निवासको जग्गा प्रकरणमा कसैप्रति विभेद गरेको छैन : मन्त्री बाँस्कोटा | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

सरकारले ललिता निवासको जग्गा प्रकरणमा कसैप्रति विभेद गरेको छैन : मन्त्री बाँस्कोटा

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा

काठमाडौं, २३ माघ । सरकारले ललिता निवासको जग्गा प्रकरण छानविन देखि मुद्धा दायर सम्म कसैलाई विभेद नगरेको दाबी गरेको छ । मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न विहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गोकुल बाँस्कोटाले यस्तो बताएका हुन् ।

ललिता निवास जग्गा प्रकरणको छानविनमा “लाल फित्ता धारी र स्वेतफित्ता धारीको व्यवहार” नगरेको मन्त्री बाँस्कोटाले दाबी गर्नुभएको छ । कांग्रेस नेता बिजय कुमार गच्छदार माथिको कारवाही पुवर्गाग्रही भएको भन्ने संचारकर्मीको जिज्ञासामा उहाँले सरकारले कसैलाई पनि विभेद नगरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “यहाँ लाला फित्ता धारी र स्वेता फित्ता धारीको व्यवहार भएको छैन । यो कानुन प्रयोजनको कुरा हो ।” उहाँले बालुवाटारको जग्गा प्रकरणमा संलग्नताको आधारमा विभिन्न चरण चरणमा वर्गिकरण गरि सोही अनुसारको मुद्धा दायर गरिएको फेयस्ति नै सुनाउनुभयो

उहाँले भन्नुभयो “बालुवाटारको घटना आज भएको होइन र सुचना प्राप्त भएपछि कारवाही थालेको हो । यसमा १ सय ७५ जनालाई कुलमा मुद्धा चलाईएको छ । पहिलो श्रेणीमा सरकारी सेवा सुविधा लिएर निवासको जग्गालाई व्यक्तिको नाममा दर्ता गराउने कार्यमा संलग्न देखियोे उनीहरु मुद्धा चलाएको छ । जग्गाको धनी वा मोही दाबी गरेर सार्वजनिक जग्गा आफ्नो नाममा ल्याउनेहरुलाई सरकारी जग्गा आफ्नो नाममा ल्याएको अभियोग लगाईएको छ । त्यसैगरी आफ्नो स्वामित्व भएका ६५ जनालाई किर्ते गरि व्यक्तिको नाममा ल्याएको जग्गा किन्नेलाई पनि मुद्धा दाबि गरिएको छ ।”

उहाँले अदालती प्रक्रिया सुरु भईसकेकाले अदालतको फैसलालाई सरकारले कार्यान्वयन गर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “प्रक्रिया सुरु भयो अब अदालतमा गएको छ । अब अदालतले जे फैसला गर्छ त्यो नै अन्तिम फैसला हुन्छ । त्यो नै सरकारले कार्यान्वयन गर्ने हो । दोषी ठहरीनु भयो भने त के लाग्छ त बाबा ? हामी केही पनि गर्न त सक्दैनौ । ”

पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले कोरोना भाईरसको संक्रमण फैलीएको मुलुक चीनबाट ल्याउने नेपालीलाई काठमाडौंका शिवपुरी, इचंगुनारायण, सूर्यविनायक, खरिपाटीमा क्वारेन्टाईन स्थल बनाई सोही स्थानमा राख्ने तयारी सरकारले सुरु गरेको पनि जानकारी गराउनुभयो ।

क्वारेन्टाईन स्थल बनाउने बारेमा प्रधानमन्त्रीले निर्देशन दिईसकेकाले चीनबाट ल्याइएका नेपालीलाई राख्ने स्थानको प्रबन्ध मिलाईदै गरिएको उल्लेख गर्दै तयारी पुरा भएपछि ल्याउने काम हुने भएकाले चीनमा रहेका नेपालीलाई धैर्यधारण गर्न र संयमता अपनाउन पनि उहाँले आग्रह गर्नुभयो ।