ललिता निवास प्रकरणमा अख्तियारको नियत खराब : बाबुराम भट्टराई | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

ललिता निवास प्रकरणमा अख्तियारको नियत खराब : बाबुराम भट्टराई

Baburam-bhattrai-1

काठमाडौं, २३ माघ । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ललिता निवास प्रकरण छानविनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियत खराब देखिएको प्रतिक्रिया दिनुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण विहीबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय ससंद भवन परिसरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उहाँले अख्तियारको छानविन प्रक्रिया प्रति असन्तुष्ठी जनाउनुभएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन प्रक्रियामा नै त्रुटी रहेको र भागवण्डाका आधारमा जानेहरुले निश्पक्ष अनुसन्धान गर्न नसक्ने उहाँले तर्क गर्नुभयो । जग्गा फिर्ता गर्छु भनेकाले मुद्धा नचलाईएको भन्ने सन्र्दभमा उहाँले ‘कसैले चोर्यो म फिर्ता गर्छु भनेर छाड्न हुन्छ?’ भनी प्रश्न गर्नुभयो ।

आयोग गठन प्रक्रिया नै त्रुटीपुर्ण

उहाँले भन्नुभयो “अख्तियार दुरुपयोग आयोग गठन प्रक्रिया नै त्रुटीपुर्ण छ । कर्मचारी मध्येबाट भागवण्डामा मान्छे नियुक्त हुन्छन् । उनीहरु निश्पक्ष ढंगले अनुसन्धान गरी मुद्धा चलाउन पनि सक्दैनन् । हाम्रा ऐन कानुन यति प्रक्रियामुखी छन् कि परिणाममा जानु भन्दा नि प्रक्रिया पुर्याउँदै गएर परिवबन्धले साधु र कुनै गल्ती नगरेको मान्छे फस्ने र जसले वद्मासी गरेको छ त्यसले प्रक्रिया पूरा गरेर उम्कने । यस्तो नियम कानुनको पनि समस्या छ । ललिता निवास प्रकरणमा नियत खराब जस्तो पनि देखिन्छ । केही मान्छेले मुक्ति पाउने, कसैले चोर्यो, म फिर्ता गर्छु भनेर पछि छोड्नुहुन्छ ?”

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);