काठमाडौं, २१ माघ । सभामुख अग्निपसाद सापकोटाले नेपालका लागि जापानी राजदूत मासामिची साइगोसंग भेटवार्ता गर्नुभएको छ । मंगलबार बिहान सभामुखको कार्यकक्षमै पुगरे राजदत साइगोले भेटवार्ता गर्नुभएको हो ।
भेटमा राजदत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन पविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । विशेष गरि जापानले नेपालमा प्रविधि तालिमका लागि सहयोग गर्ने उहाँले बताउनु भयो ।
सभामुख सापकोटाले नेपाल जापानको सम्बन्ध पुरानो भएको उल्लेख गर्दै दुईदेशबीचको सम्बन्ध सहकार्य अझ बलियो बनाउनुपर्ने बताउनु भयो । सभामुख सापकोटासँग यसअघि चीन र भारतका राजदूतहरुले शिष्टाचार भेटघाट गरिसकेका छन् ।