महाकाली अञ्चल अस्पतालमा अझै सञ्चालनमा आउन सकेन आईसीयू कक्ष | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

कञ्चनपुर, १ असोज । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा दुई वर्षअघि स्थापना गरिएको चार शैयाको आईसीयू कक्ष अझै सञ्चालनमा आउन सकेको छैन ।

सरकारले आईसीयू सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन नगर्दा जोडिएका उपकरण त्यसै थन्किएका हुन् । आईसीयू सञ्चालनमा नआउँदा आकस्मिक अवस्थामा बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ ।

आईसीयू सेवा सञ्चालनबारे स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई पटक–पटक लिखित र मौखिक जानकारी गराए पनि आवश्यक विशेषज्ञ चिकित्सकसहितको दरबन्दी नपठाएको उहाँले बताए । आईसीयू सेवा सञ्चालनका लागि चारजना विशेषज्ञ चिकित्सक, दुईजना फिजिसियन, ऐनेस्थेसिया एकजना, बालरोग विशेषज्ञ एकजना, सर्जन एकजना, मेडिकल अफिसर चारजना, स्टाफ नर्स १२ जना, एकजना बायो इन्जिनियरिङ टेक्निसियन, र १२ जना नर्सिङ एड गरी करिब ४० आवश्यक पर्ने महाकाली अञ्चल अस्पतालले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);