चीनमा रहेका नेपालीको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

चीनमा रहेका नेपालीको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी

काठमाडौं, २० माघ । चीनमा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल फर्किनका लागि आइतबार बिहानसम्म १८० जनाले फारम भरेको र उनीहरु सबैको स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याइने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले फारम भरेका सबैको स्वास्थ्य परीक्षण हुने बताउनुभयो । परीक्षणका क्रममा संक्रमण देखिएकाहरुलाई चीनमै राखेर उपचार गरिने उहाँले जनकारी दिनुभयो ।

‘त्यहाँ पनि सबैको स्वास्थ्य जाँच हुन्छ । यदि पोजेटिभ देखियो भने चीनले पठाउँदैन त्यही उपचार हुन्छ । बाँकी अन्यलाई फिर्ता गरीन्छ’, उहाँले भन्नुभयो । अहिलेसम्म सबै सुरक्षीत रहेको पनि प्रवक्ता श्रेष्ठले प्रस्ट पार्नुभएको छ ।

नेपाल फर्काएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिने उहाँले बताउनुभएको छ । मन्त्रालयले उनीहरुलाई राख्ने ठाउँको पहिचान भइरहेको जनाएको छ । मंगलबर बेलुकीसम्म ठाउँ एकिन हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

मन्त्रालयले तीन तहमा समिति बनाएर अध्ययन गरीरहेको बताउँनुहुँदै उहाँले फर्काइएका नेपालीलाई दुई सातासम्म क्वारेन्टाइनमा राखिने बताउनुभयो । यसअघि वुहानबाट फर्किका एक जनामा संक्रमण देखिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);