'काठमाडौंमा गुण्डागर्दी लगायतका अपराध शून्य' | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

‘काठमाडौंमा गुण्डागर्दी लगायतका अपराध शून्य’

Nepal-police

काठमाडौं, १९ माघ । पछिल्लो समय काठमाडौं उत्यकामा चोरी, लुटपाट,गुण्डागर्दी लगायतका आर्थिक अपराध शुन्य रहेको महानगरिय अपराध महाशाखाले जनाएको छ । गुण्डागर्दीको घटना शुन्य हुँदा सामाजिक सञ्जाल र सहकारीबाट हुने ठगी तथा अपराधका घटना बढ्दै गएको छ ।

पहिलेपहिले काठमाडौंमा लुटपाट र कुटपीटको गुण्डागर्दी थुप्रै हुन्थ्यो । प्रहरी कार्यालयमा यसैको उजुरी बढी हुन्थ्यो । अहिले यस्ता घटना शून्यमा झरेको प्रहरीको दावी छ । कुटपीट बाहेक पनि अहिले दैनिक कम्तिमा पनि ९३ वटा विभिन्न प्रकारका अपराधिक घटना हुने प्रहरी तथ्यांकमा देखिन्छ ।

यसमा सबैभन्दा धेरै संख्या सामाजिक अपराधको छ । दैनिक ४० देखि ५० वटासम्म सामाजिक अपराधका घटना प्रहरीसमक्ष आइपुग्ने गरेकोछ । समग्रमा देशभर यस्ता घटना उलेख्य मात्रामा भएपनि चालु आर्थिक बर्षयता भने आर्थिक अपराधका घटना भने न्युन भएको छ ।

यता दैनिकजसो सामाजिक अपराधका घटना बृद्धि हुनुमा अपराधिको परम्परागत अपराधको रेन्ज चेन्ज भएको अधिवत्ताहरु बताउँछन् । अपराधिहरुले विभिन्न सञ्चार माध्यमको गलत प्रयोग गरेको समेत बताउँछन् । विशेषगरेर राज्यको कानुन र दण्डदिने व्यवस्था फितलो भएका कारण यस्ता घटना दैनिकजसो बृद्धि हुनुमा सघाउ हुने गरेको तर्क राख्छन् ।

नेपालमा अशिक्षा, बेरोजगार र आयस्रोत नभएका कारण यस्ता घटना मौलाउदै गएको छ । राज्यले युवापुस्तालाई रोजगारका लागि नेपालमै व्यवस्था मिलाईदिने हो भने यस्ता घटना न्युनीकरणमा मद्धत पुग्ने सर्वसाधारण बताउँछन् ।

सबैभन्दा डरलाग्दो अवस्था सामाजिक अपराधको २०७० ७१ मा १० हजार भन्दा माथि रहेको थियो भने २०७४ ७५ सम्म पुग्दा यो संख्या १४ हजार माथि रहेको थियो । संख्यामा बृद्धि भएर चालु आर्थिक बर्षको यो अवधिमा २० हजारको हाराहारीमा पुगिसकेकोछ । सामाजिक संजालमा अचेल गालीगलौज, अवैध ठेगानामार्फत आर्थिक ठगी देखिने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);