नेकपा केन्द्रीय कमिटी बैठकमा शनिबार के भयो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेकपा केन्द्रीय कमिटी बैठकमा शनिबार के भयो ?

nekapa meeting 2076

काठमाडौं, १८ माघ । नेकपा केन्द्रीय कमिटी बैठकमा १५ वटै टोली नेताले सगुहगत छलफलमा उठेको विषय रिपोर्टिङ गर्नेकाम सकिएको छ ।

जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलपछि १५ वटै टोली नेताले सगुहगत छलफलमा उठेको विषय रिपोर्टिङ गर्नेकाम शनिबार सकिएको छ ।

अब आइतबार अध्यक्ष र महासचिवले बैठकमा उठेका प्रश्नको जवाफ दिनेछन् । शनिबार बैठकमा शासकीय स्वरुप परिवर्तनको विषयमा पनि बहस भएको छ ।

छलफलका क्रममा दुई समूहका टोली नेताले शासकीय स्वरुप परिवर्तनको विषय उठान गरेको जनाइएको छ । टोली नम्बर ४ का नेता जगन्नाथ खतिवडा र टोली नम्बर १२ का नेता रेणु दाहालले शासकीय स्वरुप परिवर्तनको विषय उठान गर्नुभएको हो ।

उहाँहरुले कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्नेमा जोड दिँदै यसले चुनावी प्रक्रिया नै कम खर्चिलो बन्ने धारणा राख्नु भएको थियो । बैठकमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्नेदेखि लिएर यती होल्डिङ्स प्रालिको जग्गा भाडा लगायतका विभिन्न अनियमितताको गम्भीर छानविनको माग उठेको छ ।

समूह नम्बर ५ का टोली नेता ठाकुर गैरेले आफ्नो समूहमा भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग उठेको बताउनु भयो । गैरेले सार्वजनिक पदमा बस्नेको सम्पत्ति छानविन गर्नुपर्ने माग उठेको जानकारी दिए ।

समूह नम्बर १० मा बालुवाटार जग्गा प्रकरण, एनसेल लाभकर, यती होर्डिङ्स जग्गा विवादबारे पार्टीको दृष्टिकोण प्रष्ट हुनुपर्ने माग उठेको थियो । नेता भीम रावलले एमसिसी पारित गर्नै नहुने अडान राख्दै केन्द्रीय कमिटीको बैठकमा १० बुँदे फरक मत राख्नुु भएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);