नेकपा नेतृत्वको सरकार पूर्ण रुपमा असफल : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

नेकपा नेतृत्वको सरकार पूर्ण रुपमा असफल : कमल थापा

काठमाडौं, १७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको बताएको छ ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुभएको राजनीतिक कार्यपत्रमा बोल्दै नेकपा नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको ठहर गरेको हो ।

देश आर्थिक विकास र समृद्धिको बाटोमा अग्रसर हुने अशा गरिएपनि सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको अध्यक्ष थापाद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ ।

पूर्वाधार विकासका क्षेत्रमा केही कामहरु भएपनि लगानी प्रवर्द्धन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, व्यापारघाटा न्यूनिकरण तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकार असफल भएको थापाले बताउनुभयो । थापाले राजसंस्था पाखा लगाएर सुरु गरिएको १४ वर्षको राजनीतिक अभ्यासले देश झन् संकटग्रस्त भएको बताउनुभएको छ ।

व्यापारी, कर्मचारी, राजनीतिक नेताहरुले गठबन्धन नै बनाएर देशमा भ्रष्टाचारको संजाल बनेको उहाँले बताउनुभयो । तलदेखि माथिसम्म हुने सेटिङको दवाव र प्रभावले आर्थिक स्वार्थ पुरा गर्न कानूनी बाधा भए कानून नै परिवर्तन गर्ने र भ्रष्टाचारको कारवाही छल्न नीतिगत निर्णयको बाहानामा सार्वजनिक खरिद विक्रिका विषयलाई मन्त्रिपरिषद्बाट निर्णय गरेर लुट प्रवृति हावी भएको उहाँले बताउनुभयो ।

राप्रपाले देशमा इशाईकरण डरलाग्दो रुपमा बढेको ठहर गरेको छ । अपरिपक्व, दिशाहिन र गलत आर्थिक नीतिका कारण देशमा स्वदेशी र विदेशी लगानी भित्रिन नसकेको, सञ्चारमाध्यम र सामाजिक संजाललाई नियन्त्रण गरी सर्वसत्तावादको संकेत देखिएको थापाले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।

चुनाव जित्न, सत्तामा पुग्न र टिकीरहन विदेशी शक्तिहरुको प्रभाव र हस्तक्षेप बढेको र राजनीतिक दलहरुमा वैचारिक विचलन देखिएको राप्रपाले जनाएको छ । समान विचारधारा मिल्ने दलहरुसँग एकता र सहकार्यको बाटो खुला रहेको जनाउँदै राप्रपाले समाज, राजनीति र व्यवस्था बदल्ने संकल्पसहित निरन्तर अगाढी बढ्ने बताएको छ ।

आगामी महाधिवेशनबाट पार्टीम महत्वपूर्ण परिवर्तन हुने संकेत पनि उक्त पार्टीले गरेको छ । राप्रपाले हिन्दुराष्ट्र पुर्नस्थापना भ्रष्टाचार नियन्त्रण लगायतका माग राखेर देशव्यापी जनसंघर्ष सुरु गर्ने पनि जनाएको छ ।

शुक्रबार र शनिबार दुई दिन चल्ने केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको तयारी, सचिवालयको प्रतिवेदन, आर्थिक प्रतिवेदन, आगामी कार्यक्रम लगायतका विषयमा छलफल हुने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);