विश्वविद्यालयमा पनि भाग चाहियो भन्दै काँग्रेस बालुवाटारमा | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

विश्वविद्यालयमा पनि भाग चाहियो भन्दै काँग्रेस बालुवाटारमा

baluwatar-meeting

काठमाडौं, १५ माघ । सभामुख निर्वाचनमा प्रकट गरिएको सदाशयताबापत नेपाली काँग्रेस अहिले संवैधानिक अंग र विश्वविद्यालयका नियुक्तिहरुको भागबण्डामा सक्रिय भएको छ । भनिँदैछ, ‘निश्चित सङ्ख्या तोकेरै भाग लगाइयोस् ।’

सभामुख निर्वाचनको पूर्वसन्ध्यामा अर्थात् शनिबार बालुवाटारको छलफलका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले त्रिविबाहेक ६ विश्वविद्यालयका उपकुलपति नियुक्ति ‘मिलेर गर्नुपर्छ’ भन्ने अडान राखे पनि नाम किटेका छैनन् । कहाँ के गर्न सकिन्छ गृहकार्य गरेर फेरि बस्ने सहमतिमा शनिबारको बसाईं टुङ्गिएको छ ।

सत्तारुढ नेकपाभित्र भएको सल्लाहअनुसार सामान्यतया ६ जना उपकूलपतिमा काँग्रेसलाई दुई दिने बारे अबको चलाइनेछ । तर, कुन विश्वविद्यालय भन्नेमा पहिला देउवाकै कुरा सुन्ने र निर्णयमा पुग्ने नेकपा स्रोतले जनाएको छ । अनुमान छ – देउवाले सुदूरपश्चिम विश्वविद्यालय नछाड्लान् ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);