सार्वजनिक जग्गा किर्ते प्रकरण : पुरी अझै फरार, नेकपा मौन | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

सार्वजनिक जग्गा किर्ते प्रकरण : पुरी अझै फरार, नेकपा मौन

gagan puri

दमक, १३ माघ ।  सार्वजनिक जग्गा किर्ते गरी व्यक्तिको नाममा ल्याएको आरोप लागेका नेकपाका नेता रेवतराज पुरी (गगन) लाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेकाे छैन। उनकै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समेत उनको विषयमा ठोस धारणा सार्वजनिक गरेको छैन।

सुकुमबासीहरूले २०३६ साल अगाडिबाट भोगचलन गर्दै आएको जग्गा पुरीले किर्ते गरी व्यक्तिको नाममा ल्याएका थिए। दमक–८ बालुवाटारमा बस्दै आएका ८२ घर सुकुमबासीहरू २०४२ सालमा रतुवा नदीको बाढीका कारण विस्थापित भएका थिए। उनीहरू अन्यत्र बसेको समयमा र कतिपयलाई धम्क्याएर नदी उकास जग्गा व्यक्तिको नाममा पारेको आरोप सुकुमबासीहरूको छ।

नुवाकोटबाट झरेर २०३६ सालमा दमक–८ मा बस्दै आएका तसरमान श्रेष्ठलाई २०४२ सालको बाढीले विस्थापित बनायो। उनको चार कठ्ठा पाँच धुर जग्गा पनि बगर बन्यो। उनीहरू बसाइँ सरेर दमक–९ मा पुगे। पछि रतुवा नदीकिनारमा तटबन्ध बन्यो, जग्गा उकासियो। जग्गा उकासिएपछि उनले पुरानो ठाउँ पहिचान गरेर कटेरोसमेत बनाए। कटेरो निमार्णाधिन अवस्थामा थियो। त्यही बेला पुरीले मान्छे लगाएर कटेरो जलाइदिएको श्रेष्ठको गुनासो छ। त्यसपछि उनले जग्गा फिर्ता पाउन अनेकौं प्रयास गरे तर सम्भव भएन।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।