प्रतिनिधि सभामा आइतबार सभामुखको निर्वाचन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

प्रतिनिधि सभामा आइतबार सभामुखको निर्वाचन

सर्बोच्च अदालतमा सापकोटाका बिरुद्ध शुक्रबार रिट दायर भएकाले आइतवारको निर्वाचन प्रकृया के हुन्छ ? भन्ने कौतुहलता पनि छ ।

काठमाडौं, ११ माघ । चार महिनादेखि रिक्त रहेको सभामुख पदका लागि संसदमा भोलि निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिका आइतबार ३ बजेदेखि राखिएको छ । गत असोजदेखि नेतृत्व बिहीन भएको प्रतिनिधि सभाले आइतबारबाट नेतृत्व पाउनेछ ।

सभामुख पदका एक मात्र उम्मेदवार नेकपा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा हुनुहुन्छ । सापकोटा निर्वाचित वा निर्विरोध हुनु भएमा अबको ३ वर्ष उहाँले नेतृत्व सम्हाल्नु हुनेछ ।

प्रतिनिधि सभामा नेकपाको स्पष्ट बहुमत छ । अझ राजपासंगको तालमेलपछि त  संसदमा नेकपाको दुई तिहाई बढीको पकड हुनेछ । यही आधारमा नेकपाले आफ्नो स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी नदिंदा सापकोटा निर्विरोध जस्तै हुनुहुन्छ । यद्यपी संसदीय अभ्यास अनुसार निर्वाचन प्रक्रियामा जान बाँकी छ । सर्बोच्च अदालतमा सापकोटाका बिरुद्ध शुक्रबार रिट दायर भएकाले आइतवारको निर्वाचन प्रकृया के हुन्छ ? भन्ने कौतुहलता पनि छ ।

तत्कालिन सभामुख कृष्णबहादुर महरा माथी यौन दुर्व्यवहारको अभियोग लागेपछी संसद ४ महिनादेखि सभामुख बिहिन छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);