काठमाडौं, ११ माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा फेला नपर्ने खालको भएको बताउनुभएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा शनिबार “जनताको जनवादका आधारहरु” विषयक पुस्तक लोकार्पण कार्यक्रममा अध्यक्ष दाहालले नेपालको कम्युनिष्ट क्रान्ति पुरानो पूँजीवादी क्रान्ति र नवजनवादी क्रान्ति भएको हो । नेपालमा कम्युनिष्ट शासन प्रणलीलाई समाजवाद उन्मुख जनताको जनवादको रुपमा समाजवादको आधार तयार पार्ने एउटा राजनीतिक प्रक्रियाको रुपमा लिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्धारा सम्पादित “जनताको जनवादका आधारहरु”। पुस्तकमा नेकपाको एकीकृत अवस्था, एमालेका ऐतिहासिक दस्तावेजका अंशहरु, माओवादीका ऐतिहासिक दस्तावेजका अंशहरु र ऐतिहासिक एकताको अवस्था समावेश गरिएका छन् ।