सिरहा, ८ माघ । सिरहामा अख्तियारको टोलीले पाँच हजार घुससहित एक प्रहरी जवानलाई पक्राउ गरेको छ । सिरहाको ईलाका प्रहरी कार्यालय सुखिपरका प्रहरी जवान राजकुमार यादवलाई ५ हजार घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले बुधवार विहान पक्राउ गरेको हो । भारतीय बजार लदनियाँबाट घरायसी प्रयोजनका सामग्रीमा सहयोग गरिने भन्दै घुस मागेका उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
पक्राउ गरिएको प्रहरी जवान यादवलाई अख्तियारको टोलीले थप अनुसन्धानका लागि बर्दिबास कार्यालय लगेको छ ।