प्रायजसो तरकारीलाई अलि स्वादिष्ट बनाउन प्रयोग गर्ने गरिन्छ लसुन । तर यसको उपयोग हामीले औषधीको लागि पनि गर्न सक्छौँ भन्ने थाहा हुने कम नै होलान् । यो विभिन्न रोगको उपचारको औषधी हो जसलाई खाली पेटमा खाँदा शरीरलाई निकै फाइदा पुग्छ ।
हेरौँ खाली पेटमा लसुन खाँदा कस्तो फाइदा हुन्छ
खाली पेटमा लसुन सेवन गर्दा ब्लड सर्कुलेशन निरन्तर हुन्छ ।
लसुनले मुटु सम्बन्धी रोग निवारण गर्छ ।
दैनिक खाली पेटमा लसुन सेवन गर्दा पेट सम्बन्धी सबै समस्या हल हुन्छ ।
बिहान खाली पेटमा लसुन चपाउने बानीले कोलस्ट्रोलमा नियन्त्रण आउन सक्छ ।
खाना नरुच्ने भएमा वा खाना अपच हुने भएमा लसुन डाइजेसन गराउन र भोक लागाउने काम गर्दछ ।
रुघा खोकी, ज्वरो आएमा लसुन पोटी खाँदा फाइदाजनक हुन्छ ।