कपिलवस्तु, ४ माघ । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले बुद्धको जन्मस्थल कपिलवस्तुको तिलौराकोट भ्रमण गर्नु भएको छ । शुक्रबार तिलौराकोट भ्रमणका लागि पुग्नु भएका राजदुत यान्छीले तिलौराकोट विश्वभरका सम्पुर्ण बुद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र भएकाले तिलौराकोटको विकासका लागि चिनियाँ सरकारले योगदान गर्न चाहेको बताउनुभयो ।
राजदूत यान्छीले तिलौराकोटमा पश्चिमी र पूर्वी द्वार तथा मुख्य भग्नावशेषहरूको अवलोकन गर्नु भएको थियो । उहाँलाई लुम्बिनीस्थित चीनको जोङहुवा बौद्ध मोनाष्ट्रीका प्रमुख गुरु सुचुङ युङले पुरातात्विक स्थलबारे जानकारी गराउनुभएको थियो ।