द्वन्द्वकालीन मुद्दा टुंग्याउन नेकपा र कांग्रेसबीच दुई बुँदे समझदारी | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

द्वन्द्वकालीन मुद्दा टुंग्याउन नेकपा र कांग्रेसबीच दुई बुँदे समझदारी

tin neta

काठमाडौं, ४ माघ । सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसबीच द्वन्द्वकालीन मुद्दा समाधान गर्न दुई बुँदे समझदारी भएको छ ।  शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुवै दलका शीर्ष नेताहरूको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगबारे दुई बुँदे समझदारी भएको हो ।

आज नै सिफारिस कमिटी बैठक बस्ने बसेर पदाधिकारी सिफारिस गरेलगत्तै मन्त्रिपरिषद बैठक बसेर नाम पारित गर्ने सहमति भएको नेताहरुले जानकारी दिएका छन् ।

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति गठन गरेको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वसभामुख सुवास नेम्बाङ, नेताहरु रमेश लेखक, मिनेन्द्र रिजाल, जितेन्द्र देव र खिमलाल देवकोटा सहभागी हुनुहुन्थ्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);