२२ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

२२ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

bhukampa surakshya diwas

काठमाडौं, २ माघ । आज २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस बिबिध कार्यक्रम गरी मनाइँदै छ । वि.सं. १९९० माघ २ गते भूकम्प गएको सम्झनामा २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । तर दिवस मनाइरहँदा पनि भूकम्पीय जोखिम न्यूनिकरणका कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।

पछिल्लो पटक २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले झण्डै नौ हजार भन्दा धेरैको ज्यान गएको थियो । भूकम्पबाट आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किएको थियो । भू

कम्प गएको ४ वर्ष बितिसक्दासमेत पुननिर्माणको काम सकिएको छैन । नेपाल भुकम्पको जोखिमका हिसाबले विश्वको ११ औँ स्थानमा रहेको छ । नेपालमा हरेक ८० देखि १ सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टरस्केलको भूकम्प जाने गरेको पाइन्छ ।

 

bhukampa surakshya diwas1

bhukampa surakshya diwas2

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);