नेपाल धितोपत्र बोर्डले थप अध्ययन गरेर मात्र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

नेपाल धितोपत्र बोर्डले थप अध्ययन गरेर मात्र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने

nepal security board

काठमाडौं, ०२ माघ । नेपाल धितोपत्र बोर्डले थप अध्ययन गरेर मात्र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने या नदिने भन्ने निर्णय गर्ने भएको छ ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले नयाँ एक्सचेन्ज ल्याउने भन्ने अध्ययनकै विषय रहेको बताउनुभएको हो । उहाँले बजारमा एक्सचेन्जको माग रहेको तर अर्को पक्षले दिन हुँदैन भन्ने तर्क गरिरहेकाले थप अध्ययनको आवस्यकता रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पूँजी बजारमा देखिएका समस्याको समाधानका लागि नेपाल सरकारले गठन गरेको समितिले दिएको ५८ बुँदे सुझाव मध्ये ६८ प्रतिशत कार्यान्वयन भइसकेको जनाइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);