एजेन्सी, ३१ भदौ । बेलायतमा आतंककारी आक्रमणको खतरा बढेको बेलायतका प्रहरीले सर्तकता अपनाउन निर्देशन दिएको छ ।
बेलायतको राजधानी लण्डनको दक्षिण पश्चिमी क्षेत्रमा भएको ट्युब बम विस्फोटपछि बेलायतमा आतंककारी आक्रमणको खतरा बढेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
प्रहरीले ट्युब बम विस्फोटनमा संलग्न व्यक्तिको तीब्ररुपमा खोजी गरिरहेको छ । बेलायती प्रधानमन्त्री टेरिजा मेले आतंककारी आक्रमणको खतरा निकै गम्भीर र संवेदनशील बनेको बताएकी छन् ।
घटनाको जिम्मा इस्लामिक स्टेट आइएसले अधिकारीहरु बताउछन् ।
बेलायतमा देशभर अहिले एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको र सेनालाई पनि सहयोगका लागि आग्रह गरिएको प्रहरी अधिकारीले बताएका छन् ।
दक्षिण पश्चिम लण्डनको पार्सन्स ग्रिन स्टेसनमा भएको ट्युब बम विस्फोटनमा २९ जना घाइते भएका थिए ।