जापानमा उत्तर कोरियाको क्षेप्यास्त्र प्रहारपछि विश्व त्राहिमान, राष्ट्रसघंद्वारा कडा निन्दा | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८३, शुक्रबार

एजेन्सी, ३१ भदौ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाले पछिल्लो पटक गरेको क्षेप्यास्त्र परीक्षणको कडा निन्दा गरेको छ।

राष्ट्रसंघको आकस्मिक बैठकपछि उसले तत्कालका लागि उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध असमर्थ रहेको जानकारी दिएको छ।

उत्तर कोरियाले एक महिनाभित्र जापानी आकाशमा दुई पटक क्षेस्यास्त्र प्रहार गरेको छ।

शुक्रवार मात्रै उत्तरी जापानको हकाइदो टापुको आकाशमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको प्योङयाङले त्यसअघि गत अगस्टको अन्तिम हप्तातिर पहिलो क्षेप्यास्त्र प्रहार गरेको थियो।

पटक पटक सयुक्त राष्टसघंले दिएको दवावको बाबजुत पनि उत्तरले कोरियाले क्षेप्यास्त्र परिक्षण गर्दै आएको छ ।