रौतहट, ३१ भदौ । असोज २ गते हुने रदेश नं. २ को निर्वाचनलाई ध्यान दिँदै ८ जिल्लाका सीमा नाका ७२ घन्टाका लागि बन्द भएका छन्। जिल्ला प्रशासन कार्यालय रौतहटले गएराति १२ बजे देखि असोज २ गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सिमा बन्द गरेको छ।
जिल्ला प्रशासन कार्यालयले ७२ घन्टासम्मको लागि नेपाल–भारत सिमामा आवतजावत गर्नमा रोक लगाउँदै पूर्णरुपमा सीमा सिल गरेको हो। असोज २ मा हुने स्थानीय तहको निर्वाचनको समयमा सुरक्षा व्यवस्थामा सिमापारबाट हुने खतरालाई मध्य नजर राख्दै स्थानीय प्रशासनले रौतहट जिल्लासँग भारतको सिमा जोडिएको २६ किलोमिटर सिमा बन्द गरेको जनाएको छ।
चुनावका लागि रौतहट जिल्लासँगै प्रदेश नम्बर २ का ८ जिल्लाका सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको हो।