नेकपा निकट भातृ संगठनको एकता प्रक्रिया टुङ्गियो | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

नेकपा निकट भातृ संगठनको एकता प्रक्रिया टुङ्गियो

annerasoviyu1

काठमाडौं, २७ पुस । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको एकता कार्य टुङगीएको छ । नेपाल कम्युनियट पार्टीको भातृ विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीचको एकता प्रक्रिया ७ महिनापछि टुङगीएको हो ।

आइतबार राजधानीमा शुरु भएको एकताको प्रथम बैठकले ३ सय ३५ जनालाई केन्द्रिय सदस्यमा मनोनित समेत गरेको छ । कार्यक्रममा नेकपाका महासचिव बिष्णु पौडेलले नव नियुक्त केन्द्रिय सदस्यहरुलाइ सपथ खुवाउनु भएको थियो ।

कार्यक्रममा सहभागी नेकपाका नेताहरुले विद्यार्थी संगठनले पार्टीको निर्देशनमा मात्रै नचलेर सम्पुर्ण विद्यार्थीको माग प्रति केन्द्रित हुन आग्रह गरेका थिए ।

कार्यक्रममा अनेरास्ववियुका संयोजक ऐन सिंह महरले बिद्यार्थी एकता पछि विद्यार्थी संगठन अझै बलियो भएकाले विद्यार्थीको हक-हितमा सधै तत्पर रहेर अगाडी बढने बताउनुभयो । एकता बैठक सोमवारसम्म चल्ने छ ।

annerasoviyu