राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री जोरन मिलानोभिक निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री जोरन मिलानोभिक निर्वाचित

milanovic

एजेन्सी, २२ पुस । क्रोएसियाको राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री जोरन मिलानोभिक निर्वाचित, मतदानमा ५५ प्रतिशत मतदाता सहभागी भएको आयोगको भनाई ।

क्रोएसियाको राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री जोरन मिलानोभिक निर्वाचित भएका छन् ।

राष्ट्रपति चयनका लागि भएको निर्वाचनको दोस्रो चरणबाट उनी निर्वाचित भएका त्यहाँको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मिलानोभिकले ५२.७ प्रतिशत मत ल्याएकाले उनी निर्वाचित भएको बताएका हुन् । मिलानोभिकका प्रतिद्धन्द्धी तथा निवर्तमान राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकले ४७.३ प्रतिशत मत पाएका छन् ।

पहिलो चरणको निर्वाचनमा कुल ११ जना उम्मेदवार प्रतिश्पर्धामा रहेका थिए । उनीहरु मध्ये धेरै ल्याउने २ जनाका बीचमा दोस्रो चरणमा प्रतिश्पर्धा गराइएको हो । पहिलो चरणको निर्वाचत गत डिसेम्बर २२ तारिखमा भएको थियो । राष्ट्रपतिमा निर्वा्चित भएका मिलानोभिकलाई ‘सोसल डेमोक्र्या्टिक पार्टी र अन्य केही पार्टीहरुको समर्थन रहेको थियो । उनीसँग प्रतिश्पर्धा गरेकी ग्राबरलाई भने सत्तारुढ दल क्रोएसियन डेमोक्र्या्टिक युनियनको समर्थन रहेको थियो ।

मतदानका लागि योग्य करिब ३८ लाख मतदातामा ५५ प्रतिशतले मात्रै मतदान गरेका निर्वाचन आयोगले जनाएको छ । क्रोएसियामा हरेक पाँच–पाँच वर्षमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने संवैधानिक व्यवस्था रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);