असन्तुष्ट नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला आजपनि | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

असन्तुष्ट नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला आजपनि

deuba n ramchandra

काठमाडौं, २२ पुस ।  असन्तुष्ट नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला आज पनि बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाले गरेका पछिल्ला केही निर्णयहरु सच्याउन दबाब दिन पौडेल समूहले   बोलाएको सभापति भेला आजपनि बस्ने भएको हो । देउवाले केन्द्रीय कार्यसमितिको बहुमतले महाधिवेशनको कार्यतालिका तोक्ने, विधानका दफा निलम्बन गर्ने, विभागको संख्या थप्ने र तरुण दलको म्याद बढाउने निर्णय गरेपछि पौडेल समूहले त्यसको बिरोध गर्दै आएका छन ।

सभापति देउवाले कांग्रेसको इतिहासमै पहिलोपटक बहुमतबाट महाधिवेशनको कार्यतालिका तोकेर र विधानको नियम निलम्बन गरेर गलत नजिर स्थापित गरेको आरोप पौडेल पक्षका नेताहरुको रहेको छ । त्यसैका लागि सभापति देउवालाई दबाब दिन पौडेल पक्षले जिल्ला सभापतिहरूको भेला बोलाएका हुन् । जिल्ला सभापतिहरुले गत महासमिति बैठकले गरेका निर्णयहरु केन्द्रीय कार्य समिति बैठकले उल्ट्याएको प्रति संस्थापन इतर पक्षसँगसमेत असन्तुष्टि व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);