सर्वसाधारणको भान्छा महंगियो, यस्तोे भन्छन् व्यापारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

सर्वसाधारणको भान्छा महंगियो, यस्तोे भन्छन् व्यापारी

paicho pasal

काठमाडौं, २१ पुस ।  नेपालीहरुको भन्सा अहिले महङ्गो भएको छ । पेट्रोलियम पदार्थमा भएको मुुल्यवृद्धि लगत्तै अन्य दैनिक उपभोग्य खाद्य सामग्रीको पनि मूल्य लगातार बढिरहेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा मौन बसेका सर्वसाधारण खाद्यान्नमा भएको मुुल्यवृद्धिले भने सरकारप्रति आक्रोसित भएका छन् ।

सरकारले एक महिना भित्रै दुई पटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेपछि सर्वसाधारण उपभोक्ताको ढाड सेकिदै आएको छ । गत मंसिर २९ गते मट्टीतेल र डिजेलमा एक रुपैया वृद्धि गरेको नेपाल आयल निगमले पुस १ गतेदेखि लागू हुने गरी मट्टीतेल,डिजेल र पेट्रोलमा प्रति लिटर दुुई रुपैंयाका दरले मूल्य वृद्धि गर्यो । मूल्य वृद्धिको असरमा अहिले सर्वधारण निराश छन् ।

पेट्रोलियम पदार्थमा भाउ बढेसंगै बजारमा अहिले हरेक खाद्य वस्तुको मूल्य महंगो भएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको असर हरेक उपभोक्ताको चुल्होसम्म पुगेको छ । चामल, गेडागुढी, दलहनदेखि पीठोसम्मको मूल्य बढदा भान्छा महँगो भएको छ । अहिले खाने तेलमा प्रति लिटर रुपैया १० र दालमा प्रतिकेजीमै ३० रुपैयाँका दरले मुल्यबृद्धि भएपछि आमजनसाधारण आक्रोसित भएका छन् ।

बजारमा एकाएक खाद्य वस्तुको मूल्य वृद्धि हुनुलाई राम्रो मान्न सकिन्न । आखिर किन बढ्यो त खाद्यन्नको मूल्य ? यस्तोे भन्छन किराना व्यापारी ।

नेपाली बजार दिनदिनै महँगो हुुदाँ पनि सरकारले महँगी नियन्त्रणमा ध्यान दिएको छैन् । नियमनकारी निकायहरु भएर पनि बजारको नियमन गर्न सकिरहेका छैनन् । जसले बजार व्यापारीको हातमा भउको जस्तो देखिन्छ । बजार मूल्य नियन्त्रण नहुँदा शक्तिशाली सरकार सामु सर्वसाधारण निमुुखा जनता दिनदिनै महँगीमा पिल्सिन बाध्य छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);