गजेन्द्रनारायण अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

गजेन्द्रनारायण अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र सञ्चालन

सप्तरी, १९ पुस । अस्पतालबाट निस्किने फोहोरका कारण अस्पताल परिसर नै दुर्गन्धित हुन थालेपछि सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आधुनिक मेसिन सहितको फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

वर्षौदेखि अस्पतालमा थुपारिएको फोहोर व्यवस्थापन गरी परिसर सफा र स्वच्छ राख्नका लागि फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको हो । आवश्यक पूर्वाधार तयार गरी अटोक्लेव मेसिनलाई प्रयोगमा ल्याएर फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले जानकारी दिनुभयो ।

अस्पतालमा दैनिक रुपमा प्रयोग हुने सलाइन बोतल, पाइप, केनुला, ग्लोभ्स, मास्क, सिरिन्जलगायत प्रयोग भईसकेका सामानलाई अटोक्लेव मेसिनमा राखेर निर्मलिकरण गर्ने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);