उखु किसानको अठोट- 'वक्यौता रकम नपाएसम्म धर्ना बस्छौ' | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

उखु किसानको अठोट- ‘वक्यौता रकम नपाएसम्म धर्ना बस्छौ’

ukhu kishan adan

काठमाडौं, १८ पुस । मेहनत र परिश्रम गरेर पसिना बगाउदै उखु उत्पादन गरेको किसानहरु आफ्नै पैसा लिनका लागि अहिले माईतीघर मण्डलामा विगत १८ दिन देखि धर्नामा बसेका छन् । किसानहरु आन्दोलन गर्दा गर्दै बिरामी समेत पर्न थालेका छन् । तर यसपटक जुनसुकै हालतमा वक्यौता पैसा लिएरै जाने उखु किसानहरुको अडान छ ।

उखु किसानहरुको समस्या कुनै नौलो विषय होईन । उखु किसानले आफ्नै पसिनाले सिची उत्पादन गरेको उखुको रकम नपाउने गरेको लामो समय भइसक्यो । तर यसपटक बक्यौता रकम नपाउनजेलसम्म धर्ना बस्ने अठोटका साथ उनिहरु पहिलो पटक काठमाडौँ आएका हुन् ।

राजधानीको चिसोमा पातलो कपडा,खाने र बस्ने ठेगानरहित उखु किसानहरु काठमाण्डौमा बस्दै आएका छन् । बृद्धभइसकेका प्राय किसानहरु ठण्डीका कारण बिरामी पर्न थालेका छन् ।

पैसाको अभावमा औषधी समेत गराउन नसकोको उखु किसानहरुको गुनासो छ । आफ्नो बक्यौता रकम आगामी माघ ७ गतेभित्र भूक्तानि नगराए देशव्यापी आन्दोलन गर्ने उनिहरुले चेतावनी दिएका छन् ।

किसानहरुले बिभिन्न समयमा पैसा माग्न जाँदा चिनी मिलका संचालकहरुले वेवास्ता गर्दै आएका छन् । संसदीय समितिको निर्देशनपछि गृहमन्त्रालयले पक्राउ गर्ने तयारी गरेपछि दुबै मिलका सञ्चालक सम्पर्कमा आएका छन् । अन्नपूर्ण सुगर मिलले ५० करोड र महालक्ष्मी सुगर मिलले २१ करोड भूक्तानी गर्न बाँकी रहेको किसानहरुले बताउँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);