एजेन्सी, १७ पुस । इग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको जित, आर्सनलसँग २–० गोल अन्तरले म्यान्चेष्टर युनाईटेड पराजित ।
बिहीबार बिहान सम्पन्न खेलमा लण्डन क्लब आर्सनलले युनाईटेड क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा निकोलास पेपे र सोक्राती पापस्त थोपोलोसले एक–एक गोल गरे ।
सईद कोलासिनाकको पासलाई सदुपयोग गर्दै आठौं मिनेटमा निकोलासले लण्डन क्लबलाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा पापस्त थोपोलोसले गोल गर्दै आर्सनलको अग्रतालाई दोब्बर बनाएका थिए । जितसँगै आसएनल २१ खेलबाट २७ अंक जोड्दै तालिकाको दशौं स्थानमा उक्लिएको छ ।
युनाईटेड ३१ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।