एजेन्सी, ३० भदौ । कगंना रनावतको फिल्म सिमरन शुक्रबारबाट रिलिज भएको छ । विभिन्न विवादका कारण चर्चामा आएको यो फिल्म भारत सेन्सर बोर्डको कैचीबाट पनि बच्न सकेन । सेन्सरसीपले सो फिल्मको १० वटा सिन हटाउन लगाएको भारतीय मिडियाले जनाएको हो । निर्माण पक्षले सो कुरालाई स्वीकार गरेको छ ।
१० सिन मध्य ६ सिनमा अपमान जनक शब्दको प्रयोग गरेको भन्दै सिन काटिएको थियो । फिल्मको एक सिनमा बास्टर्ड भन्ने शब्द अपशब्द भएको भन्दै हटाउन लगाइएको हो ।
त्यस्तै अर्को एक सिन भने मुस्लिम समुदायको प्रतिनिधित्व गरेको भन्दै हटाइएको थियो । इंटीमेट सिनमा अनावश्यक आवाज हालेको भन्दै सिन नै काटिएको थियो ।
फिल्म भित्र राखिएको थप्पडको दृश्य पनि आपत्तिजनक रहेको भन्दै हटाइएको थियो । सत्य घटनामा आधारित भनिएको सिमरनमा कंगना चोरको भुमिकामा देखिएकी छिन् ।