सीमा सुरक्षाका सवालमा सरकारले काम गरिरहेको छ : गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

सीमा सुरक्षाका सवालमा सरकारले काम गरिरहेको छ : गृहमन्त्री

ram bahadur thapa badal

भारतसँग सीमा जोडिएका क्षेत्रमा १०५ र उत्तरमा ७ ओटा बिओपी थप्ने प्रकृया अगाडी बढ्याे

काठमाडौं, १५ पुस । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षाका सवालमा सरकारले काम गरिरहेको बताउनुभएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा मंगलबार बोल्दै गृहमन्त्री थापाले सीमा सुरक्षाका सवालमा दार्चुलामा प्रहरी चौकी स्थापनाको प्रकृया अगाडी बढेको बताउनुभयो ।

सशस्त्र प्रहरी बलका लागि चौकी स्थापना गर्न बजेट छुट्याइएको समेत उहाँले बताउनुभयो । ‘सिंगो राष्ट्रको सुरक्षाका लागि बिओवी विस्तार गर्ने मन्त्रिपरिषदको निर्णय अनुसार प्रकृया अगाडी बढेको छ,’ उहाँले भन्नुभयो, ‘दक्षिणमा भारतसँग सीमा जोडिएका क्षेत्रमा १०५ र उत्तरमा ७ ओटा बिओपी थप्ने प्रकृया अगाडी बढेको छ ।’

गृहमन्त्री थापाले लिम्पियाधुराको विवाद समाधानका लागि काम सुरु भएको बताउनुभएको छ । त्यसक्षेत्रमा जान बाटो बनाउने प्रकृया सुरु भएको र मन्त्रिपरिषद्को बैठकले बजेट विनियोजन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

भारतले जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेपछि यसको व्यापक विरोध भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);