काठमाडौं, १३ पुस । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नागरिकता सम्बन्धि प्रावधानमा भेदभाव रहेको बताउनुभएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष शर्माले ‘संविधानमै नागरिकता सम्बन्धि प्रावधानहरु विवादीत रहेका उल्लेख गर्नुभयो ।
अध्यक्ष शर्मा बाबु नेपाली हुँदा छोरा वंशज हुने र आमा नेपाली र विदेशी हुँदा बंशज नहुने प्रावधान आफैमा विभेदपूर्ण रहेको बताउनुभयो ।
उहाँले नागरिकता सम्बन्धि प्रावधानलाई सहज बनाउनु पर्नेमा जोड दिनुभयो ।