असुरक्षित पैदलयात्री, ठक्कर दिँदै भाग्दै सवारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

असुरक्षित पैदलयात्री, ठक्कर दिँदै भाग्दै सवारी

asurakshit paidalyatri

काठमाडौं, १२ पुस । मंसिर ७ गते मर्निङ वाकमा निस्किएका सिभिल हस्पिटलका वरिष्ठ चिकित्सक प्रभु जोशीलाई काठमाडौं बानेश्वर क्षेत्रमा बसले ठक्कर दियो। झिसमिसेमै उनलाई ठक्कर दिएर बस भाग्यो। ठक्कर दिएर भागेको बस खोज्न उज्यालो भएपछि आफन्तले महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी दिए। प्रहरीले जोशीलाई ठक्कर दिएर बेपत्ता भएका भक्तपुर सूर्यविनायकका चालक बुद्धिकुमार कोजूलाई तीन दिनपछि रामेछापबाट बा३ख ६१४ नम्बरको बससहित नियन्त्रणमा लियो।

कात्तिक १२ गते काठमाडौंकै तीनकुनेमा जेब्राक्रसबाट सडक पार गरिरहेका कोटेश्वरका सुजन केसीलाई ट्रकले ठक्कर दियो। ठक्कर दिएर गम्भीर घाइते भएका उनको केएमसी हस्पिटल सिनामंगलमा लैजाँदै गर्दा मृत्यु भयो। एकाबिहानै बाटो काट्दै गर्दा उनलाई ठक्कर दिएको सवारीसाधन भने बेपत्ता भयो। प्रहरीले हालसम्म केसीलाई ठक्कर दिएको उक्त सवारीसाधन पत्ता लगाउन सकेको छैन।

काठमाडौं उपत्यकाका सडकमा बटुवा अथवा अर्को सवारी साधनलाई ठक्कर दिएर कारबाहीबाट बच्न भाग्ने सवारीचालकका केही दृष्टान्त हुन् यी। दैनिक सरदर एकजनाले सवारी दुर्घटनामा ज्यान गुमाउने उपत्यकामा सबैभन्दा असुरक्षित पैदलयात्रु छन्। तीव्र गतिका सवारीसाधनले बटुवालाई जेब्राक्रसमै ठक्कर दिने क्रम बढेको छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);