गुनासो सुन्दै मेयर गाउँगाउँमा | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८१, बिहीबार

गुनासो सुन्दै मेयर गाउँगाउँमा

gunaso sundai mayor

इलाम , १२ पुस ।  ‘गाउँमा खानेपानी आयोजलन सञ्चालन गर्न लाखौं रुपैयाँ बजेट प-यो, पानी पनि आयो तर स्थानीय दलित बस्तीका धारामा किन पानी झरेन ?’ इलाम नगरपालिका–५ का होमनाथ घिमिरेले जिज्ञासा राखे, ‘उपभोक्ता समिति बनाइयो तर समितिले अरूसँग सल्लाह गरेन। बैठक नै गोप्य ढंगले गरेको सुनियो। अहिले विपन्न समुदाय खानेपानीबाट वञ्चित भएको छ।’

मेयरका अघि उनले देवीथान–दमाईंडाँडा खानेपानी आयोजनाको कुरा उठाउँदा उनको कुरामा समर्थन जनाउनेको संख्या धेरै थियो। ‘मुहानमा पानी छ, आयोजना गाउँमा पु-याउन बजेट पनि खर्च भयो तर दलित बस्ती अझै पानीविहीन छ,’ उनले थपे, ‘पानी भएर पनि वितरण समान नहुँदा यहाँको विपन्न समुदाय खानेपानी अभाव झेल्न बाध्य छ।’

स्थानीय चन्द्र घिमिरेले आफ्नै जमिनमा पानीको मुहान भए पनि आफैंले पानी खान नपाएको दुखेसो सुनाए। ‘मुहानमा छङछङ पानी छ, आफ्नै वरपर गाउँमा मेरै जमिनको पानी ल्याइयो तर मेरो घरमा पानी आएन,’ उनले भने, ‘आफ्नै पानी धारामा ल्याउन मैले अब कसलाई गुहार माग्नु ?’

इलाम नगरपालिकाले सञ्चालन गरिरहेको ‘जनतासँग मेयर’ कार्यक्रममा सहभागी भएर सर्वसाधारणले आफ्ना गुनासा राखिरहेका छन्। वडैपिच्छे सञ्चालन भइरहेको यो कार्यक्रममा सबैभन्दा बढी गुनासा शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानीजस्ता न्यूनतम आधारभूत आवश्यकतामै केन्द्रित देखिन्छन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);