फिलिपिन्समा 'फानफोन' आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

फिलिपिन्समा ‘फानफोन’ आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो

एजेन्सी, १० पुस । फिलिपिन्समा आएको ‘फानफोन’ आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिन आएको फानफोन आँधीबाट मृत्यु हुनेको संख्या १६ पुगेको फिलिपिन्सका अधिकारीहरुले बिहीबार जनाएका हुन् ।

प्रतिघण्टा १ सय ९५ किलोमिटरको गतिमा आएको आँधीका कारण प्रभावित क्षेत्रमा विद्युत सेवासंगै मोबाईल फोन र इन्टरनेटको नेटवर्क पनि अवरुद्ध रहेको छ ।

खोजी तथा उद्धार कार्यमा संलग्न अधिकारीहरुका अनुसार फिलिपिन्सको मध्य भागमा पर्ने भिसायासमा आएको आँधीबाट भौतिक संरचनाहरुमा समेत क्षति पुगेको र सडक यातायातमा पनि बाधा पुगेको छ ।

त्यसैगरी विमानस्थलमा पनि ठूलो मात्रामा क्षति भएकाले धेरै उडान सेवा रद्ध गरिएको विमानस्थलका कर्मचारीहरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);