न्याय परिषद सदस्य निरालाविरुद्ध सार्वजनिक उजुरी आव्हन | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

न्याय परिषद सदस्य निरालाविरुद्ध सार्वजनिक उजुरी आव्हन

samsadiye sunuwai-nirala

काठमाडौं, ८ पुस । संसदीय सुनुवाई बिशेष समितिले न्याय परिषद् सदस्यमा सिफारिस वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्कामाथि सार्वजनिक उजुरी आब्हन गरेको छ । समितिको मंगलबार बसेको बैठकले १० दिन भित्र निराला विरुद्ध समितिमा सार्वजनिक उजुरी दिन आव्हन गरेको हो ।

समितिका सभापति सक्षमणलाल कर्णले बुधबारदेखि १० दिनभित्र उजुरी दिन सकिने बताउनुभयो । समितिमा प्राप्त भएका उजुरी माथि छलफल गरी सुनुवाई समितिले अनुमोदन गरेपछि मात्र न्याय परिषद् सदस्यमा नियुक्तीका लागि योग्य हुने सभापति कर्णले जानकारी दिुनुभयो ।

न्याय परिषद सदस्यबाट पदम बैदिकले राजीनामा दिएपछि एक सदस्य रिक्त थियो । सोही ठाउँमा सोमबारको मन्त्रीपरिषद् बैठकले निरालालाई सिफारिस गरेको हो । निराला तत्कालिन राजा ज्ञानेन्द्र शाहको शासनकालमा महान्यायाधिवक्ता हुनुहुन्थ्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);