काठमाडौं, ५ पुस । सहिद स्मारक ए डिभिजन लिगमा जाउलाखेल युथ क्लवले पहिलो जित निकालेको छ । शनिबार सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा जाउलाखेलले सरस्वतीलाई १–० गोल अन्तरबाट हराएको हो ।
पहिलो खेलमा थ्रीस्टारलाई बराबरीमा रोकेको जाउलाखेलको जितमा विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाको एकमात्र गोल निर्णायक बन्यो ।
उनले खेलको १० औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । जारी प्रतियोगितामा सरस्वतीको यो लगातार दोस्रो हार हो । यसअघि सरस्वती क्लव एनआरटीसँग चार शुन्यले पराजित भएको थियो ।
जितपछि जाउलाखेलको दुई खेलमा तीन अंक भएको छ भने सरस्वती अंक विहिन रहेको छ । शनिबारै संकटा क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन दिपेश आले मगरले निर्णायक गोल गरे । खेलको नवौं मिनेटमा दिपेशले गोल गरेका थिए ।
जितसँगै संकटाले २ खेलमा ३ अंक जोडेको छ । एनआरटीको यो पहिलो हार हो । खेलमा एनआरटीले सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।