अन्तर्राष्ट्रिय खेलाडीको परिभाषा के भन्नेबारेमा छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अन्तर्राष्ट्रिय खेलाडीको परिभाषा के भन्नेबारेमा छलफल

काठमाडौं, ४ पुस । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा अन्तर्राष्ट्रिय खेलाडीको परिभाषा के हुने भन्ने विषयमा कुरा नमिल्दा अड्किएको छ ।

अन्तर्राष्ट्रिय खेलमा सहभागि भएर पदक ल्याएको खेलाडीलाई मात्र अन्तर्राष्ट्रिय खेलाडी भन्ने वा सहभागि हुने सबैलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिने भन्ने विषयमा कुरा नमिल्दा बैठक लम्बिएको छ ।

अन्तर्राष्ट्रिय खेलाडीको परिभाषाका विषयमा शुक्रबार पनि कुरा नमिल्दा समिति सभापति जयपुरी घर्तीले युवा तथा खेलकुद मन्त्रालयलाई थप गृहकार्य गरेर आउन निर्देशन दिनुभएको छ ।

बैठकमा सांसद गगन थापाले खेलाडी छनोट गर्दा अन्तर्राष्ट्रिय खेलामा सहभागि हुने खेलाडी भनेर छनोट गर्ने तर कुनै पदक नल्याएपछि अन्तर्राष्ट्रिय खेलाडी होइन भन्न नमिल्ने बताउनुभयो ।

‘‘छनोट गर्दा तिमी अन्तर्राष्ट्रिय खेलमा सहभागि भयौ । मेडल ल्यायौँ भने अन्तर्राष्ट्रिय खेलाडी भयौँ नल्याएको खण्डमा सहभागि मात्रै भयौँ भन्न मिलेन’’, थापाले भन्नुभयो ।

सांसद जीवनराम श्रेष्ठले मेडल जित्नु र सहभागि हुनु फरक कुरा भएकाले सहभागि हुने खेलाडीलाई समेत अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने बताउनुभयो । प्रकृया पुरा गरेर अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएपनि सहभागिलाई समेत मान्यता दिनुपर्ने धारणा उहाँको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);