काठमाडौं, ३ पुस । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले बहिर्गमित जनमुक्ति सेनाहरुको उचित व्यवस्थापनका लागि छुट्टै कानुन बनाउनु पर्ने बताउनु भएको छ ।
बहिर्गमित जनमुक्ति सेना नेपालले बिहिबार राजधाीमा गरेको एक कार्यक्रममा पाठकले यस्तो बताउनुभएको हो । आत्मसम्मानका साथ समाजमा काम गर्न पाउनुपर्ने वातावरण बनाउन बहिर्गमित जनमुक्ति सेनाको हकमा सरकारले छुट्टै कानुन निर्माण गर्नुपर्ने मानवअधिकार आयोगका सदस्य पाठकको भनाइ छ ।
कार्यक्रममा सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व सदस्य मञ्चला झाले विशेष कानुन निर्माणको अवस्था अहिले नभएको र मेलमिलाप आयोग सम्बन्धि ऐनमा नै संशोधन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।