एजेन्सी, ३० मंसिर । अमेरिकाले उत्तर कोरियालाई वार्ताका लागि प्रस्ताव गरेको छ । उत्तर कोरियाका लागि अमेरिकी विशेष आणविक दूत स्टेफान बेइगनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
दक्षिण कोरियाको राजधानी सोलमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै बेइगनले उत्तर कोरियालाई वार्ताका लागि प्रस्ताव गरेका हुन् । सोलमा उत्तर कोरिया र दक्षिण कोरियाका आणविक दूतहरुसंगको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी दूत बेइगनले वार्ताको समय भएको उल्लेख गर्दै यस विषयमा उत्तर कोरिया पनि तयार हुनुपर्ने बताए ।
यस प्रस्तावको विषयमा उत्तर कोरियाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । अमेरिका र उत्तर कोरियाबीचको परमाणु वार्ता अहिले रोकिएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच गत अक्टोबर महिनामा स्टकहोममा उच्चस्तरीय वार्ता भएको थियो । उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गरिरहेको भएपनि अमेरिकाले वार्तामा जोड दिइरहेको छ ।