१० वर्षभित्र १२ हजार मेघावाट विद्युत विस्तार गर्ने कुलमानको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

१० वर्षभित्र १२ हजार मेघावाट विद्युत विस्तार गर्ने कुलमानको प्रतिबद्धता

kulman

काठमाडौं, २९ भदौ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १० वर्षभित्र १२ हजार मेघावाट विद्युत वितरण गर्न सक्नेगरी प्रणाली विस्तारको काममा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रबन्ध निर्देशक घिसिङले विद्युत प्रशारण लाईनलाई व्यवस्थित बनाएर लैजाने कामलाई आफूले उच्च प्राथमिकता दिएको स्पष्ट पारे । आफ्नो एक वर्षे कार्यकालको समिक्षा गर्न विहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विद्युत चुहावट नियन्त्रणको कामलाई आगामी एक वर्ष भित्र उच्च प्राथमिकता दिने योजना अघि सारे ।

प्रवन्ध निर्देशक घिसिङले विद्युत चुहावट घटाउन, सेवा प्रवाहमा दक्षता अभिवृद्धि गर्न तथा गाहकहरुलाई थप सुविधा उपलब्ध गराउन स्मार्ट मिटर र स्मार्ट ग्रिडलाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए ।

प्रबन्ध निर्देशक घिसिङले आफू देशलाई उर्जामा आत्मनिर्भर बनाई आर्थिक रुपमा समृद्धि बनाउन केन्दित भएको स्मरण गरे । उनले देश भित्र पूर्व पश्चिम र उत्तर दक्षिण जोड्ने उच्च भोल्टेजका प्रशारण लाईनहरु निर्माण सम्पन्न गर्ने, भारतसँग जोडने अन्तरदेशीय भोल्टेज प्रशारण लाईनहरु निर्माण गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्राधिकरणको वित्तिय अवस्था सुदृढ बनाउन संचालन खर्चमा न्यूनिकरण, स्वउत्पादन वृद्धि, विद्युत चुहावट नियन्त्रणलाई घटाउने कार्यक्रमलाई तीव्रता दिइएको उनले बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);