तानसेन नगरपालिकाको लागि ६९ करोड बजेट स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

पाल्पा, २९ भदौ । तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि ६९ करोड ११ लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ ।

नगर परिषद्ले सडक निर्माण, कृषि, पर्यटन, संस्कृति संरक्षण, युवा स्वरोजगार लगायतलाई केन्द्रित गरी बजेट सार्वजनिक गरेको हो । तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले कृषिउपज प्रवद्र्धन तथा बजारीकरण, साप्ताहिक पशु तथा कृषि हाटबजारको परीक्षण सुरुवात गरिने बताएका छन् ।

त्यस्तै, पाल्पाकै पूर्वखोला गाउँपालिकाले ३० करोड ८३ लाख रुपैयाँको बजेट निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले प्रथम गाउँसभा सकिएपछि गाउँपालिका कार्यालय पूर्वखोलमा आयोजित पत्रकार सम्मेलनमा आर्थि वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);